कारोबार


बढ्ने अपेक्षाबीच २७ अंकले घट्यो नेप्से, कारोबारले समेत दिएन साथ

बढ्ने अपेक्षाबीच २७ अंकले घट्यो नेप्से, कारोबारले समेत दिएन साथ

नेपालखबर
असोज २२, २०८१ मंगलबार १५:१५, काठमाडौँ

गत हप्ताबाटै बढ्न थालेको बजारले यो हप्ताको सुरुवात पनि हरियो भएरै गरेको थियो। लगातार बजार बढ्न थालेपछि बुलिसको अपेक्षामा बसेका लगानीकर्ताको अपेक्षाविपरीत मंगलबार दोहोरो अंकले नेप्से घटेको छ। 

मंगलबार कारोबार सुरु भएसँगै घट्न थालेको नेप्सेले दिनभर सपोर्ट नपाउँदा अन्तिममा २७.३९ अंकले घटेर २६६३.३२ अंकमा आइपुगेको हो। 

यो दिन नेप्से सूचक मात्रै घटेन सोमबार ७ अर्बमाथिको कारोबार गरेको लगानीकर्ताले कारोबारलाई पनि खुम्च्याएर ४ अर्ब ५९ करोड रुपैयाँको मात्रै सेयर किनबेच गरे। 

हरियो बजार बन्ने अपेक्षामा रहेका लगानीकर्ता बजारले ओरालो यात्रा गरेपछि कारोबारमा सक्रिय देखिएनन्। आइतबार ६ अर्ब १३ करोडको कारोबार गरेका लगानीकर्ताले सोमबार बढाएर ३ अर्ब ९ करोडको कारोबार गरेका थिए। मंगलबार भने बजार राताम्मे देखिएपछि लगानीकर्ताले कारोबारलाई घटाएका छन्। 

बजार राताम्मे बनेपछि आज कमाउनेको सूचि भन्दा गुमाउनेको सूची ठूलो देखियो । समग्रमा आज २०७ कम्पनीको सेयर मूल्य घट्दा ३५ कम्पनीको सेयरमूल्य बढेको छ। घट्नेमा इष्र्टन हाइड्रो, बुद्दभूमी हाइड्रो अगाडि छ।

यो दुवै कम्पनीको सेयरमूल्य क्रमश ८.५० र ७.२४ प्रतिशतले घटेको हो । यस्तै बढ्नेमा भने आज मिड सोलु हाइड्रो अगाडि देखिएको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको बृद्धि सहित सकारात्मक सर्किट लागेको छ भने बुटवल पावर कम्पनी पनि ६.८३ प्रतिशतको वृद्धिसहित धेरै कमाउनेमा दोस्रो नम्बरमा आएको छ। 

कारोबारको आधारमा भने आज एनलजी इन्स्योरेन्स अगाडि छ। यो कम्पनीको २७ करोड रुपैयाँको सेयर कारोबार हुँदा नेपाल फाइनान्सको २३ करोडको कारोबार भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad