कारोबार


सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने

सरकारले तरकारी र फलफूलको बजार मूल्य निर्धारण गर्ने

नेपालखबर
असोज २०, २०८१ आइतबार २०:२६, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंको कालिमाटी, कुलेश्वर र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेका छन्।

आइतबार अपरान्ह सम्बन्धित निकायसँग सो तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेका हुन्। बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशीयपछि मन्त्री भण्डारी अनुगमनको निस्किएका हुन्।

उनले सम्बन्धित पक्षसँग छलफल गरेर सरकारले तरकारी तथा फलफूलको बजार मूल्य निर्धारण गर्ने पनि बताए।

‘तरकारी  बजारको अहिले हामी अनुगमनको क्रममा छौँ। सम्बन्धित अधिकारीहरू हुनुहुन्छ। उहाँहरूले हेर्नुहुन्छ। उहाँहरूसँग हामीले पछिल्लो खरिदमूल्य कति छ, किसानहरुले कति प्राईसमा बिक्री वितरण गरेका छन्? अभाव छ, छैन? यी सबै कुराहरू हेरेर हामी बजार मूल्य तोक्छौँ,’ उनले भने।

यसैबीच उपभोक्ताहरूले पनि तरकारी तथा फलफूलको मूल्य दसौँ गुणा बढाएको भन्दै व्यापारीमाथि  कारबाही गर्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad