ad ad

कारोबार


ललितपुरमा पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो सम्पन्न

ललितपुरमा पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो सम्पन्न

नेपालखबर
असोज १६, २०८१ बुधबार १०:९, काठमाडौँ

पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो-२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको छ।

ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजको संयुक्त आयोजनमा भएको एक्स्पोमा सांस्कृतिक, व्यापारिक, स्थानीय परिकार तथा पर्यटन प्रवर्द्धनात्मक गरी २५ वटा स्टल राखिएका छन्। 

ती स्टलका माध्यमबाट स्थानीय उद्योग-व्यवसायलगायत नेपालमा पाइने खनिजसहित कला, संस्कृति, स्थानीय गरगहना तथा कलाकृति प्रदर्शन गरिएको जानकारी क्लबका अध्यक्ष सज्जु व्यञ्जनकारले दिए। 

“समृद्धिका लागि सम्पदा संरक्षण” मूल नाराका साथ आयोजित कार्यक्रमबाट धार्मिक, आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्व बोकेको ललितपुरको पाटन दरबार क्षेत्रको प्रचारप्रसार हुनाका साथै यस क्षेत्रको विशिष्ट पहिचान बोकेका गरगहना तथा प्राचीन पहिरनको पुनरावृत्त भई आर्थिक गतिविधि समेत बढ्ने विश्वास आयोजकले गरेको छ।

विश्व पर्यटन दिवसका अवसरमा आयोजित यस एक्स्पोको गत शुक्रबार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री माननिय श्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए। 

एक्स्पो समापन समारोहमा र्‍याम्प वाल्कको प्रस्तुति थियो। साथै, कार्यक्रममा परम्परागत चर्या तथा अन्य नृत्यसमेत प्रस्तुत गरिएको थियो।

रोटरी क्लब अफ काठमाडौँ हेरिटेज, रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल पाटन र रोटरी क्लब अफ भरतपुरको सहयोगमा आयोजित कार्यक्रम यही असोज ११ गतेदेखि असोज १४ गते चलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .