ad ad

कारोबार


झ्याप्लेखोलाको पहिरो पन्छाएपछि हट्यो नागढुंगा आउने सडक अवरोध

झ्याप्लेखोलाको पहिरो पन्छाएपछि हट्यो नागढुंगा आउने सडक अवरोध

नेपालखबर
असोज १३, २०८१ आइतबार १८:३६, काठमाडौँ

नागढुंगा–नौबीसे खण्डमा पर्ने झ्याप्लेखोलामा गएको पहिरो पन्छाइएको छ। 

डोजरले पहिरो पन्छाएसँगै काठमाडौंबाट क्रेन लगेर बाटोमा अड्किएका बसहरुलाई हटाएसँगै बाटो खुलेको हो। 

नागढुंगा नौबीसे सडक आयोजनाका प्रमुख केशवप्रसाद ओझाले सडकको पहिरो सबै फालिएको बताए। 

उनले भने, ‘पहिरो पन्छाउने काम सकिएको छ। बीचमा बसहरुले बाटो छेकेका थिए। तिनलाई काठमाडौंबाट क्रेन लगेर सारिएको छ।’

योसँगै दुई दिनयता पहिरोले अवरुद्ध सडक समेत खुल्ला भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .