ad ad

कारोबार


बढ्यो वाणिज्य बैंक र वित्त कम्पनीको कर्जा प्रवाह, निजी क्षेत्रमा जाने कर्जा १४ अर्बले वृद्धि

बढ्यो वाणिज्य बैंक र वित्त कम्पनीको कर्जा प्रवाह, निजी क्षेत्रमा जाने कर्जा १४ अर्बले वृद्धि

नेपालखबर
असोज १०, २०८१ बिहिबार १३:३६, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा  १४ अर्ब ११ करोड (०.३ प्रतिशत) ले बढेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४ अर्ब ३५ करोड (०.१ प्रतिशत) ले घटेकोमा चालू आर्थिक वर्षमा केही वृद्धि भएको हो। 

वार्षिक विन्दुगत आधारमा २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ।

२०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाकोअंश ६३.४ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.६ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ०.३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.१ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.३ प्रतिशतले घटेको छ।

 २०८१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये १३.३ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६६.३ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । 

२०८० साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.१ प्रतिशत र ६७.१ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.१ प्रतिशतले बढेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ०.३ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.०३ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३ प्रतिशतले र नगद प्रवाह कर्जा ०.२ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .