ad ad

कारोबार


साउनमा १८ प्रतिशतले बढ्यो रेमिट्यान्स, १ खर्ब ३६ अर्ब भित्रियो

साउनमा १८ प्रतिशतले बढ्यो रेमिट्यान्स, १ खर्ब ३६ अर्ब भित्रियो

नेपालखबर
असोज १०, २०८१ बिहिबार १३:१७, काठमाडौँ

साउन महिनामा विदेशमा रहेका नेपालीले औपचारिक माध्यमबाट नेपालमा पठाउने रकम १८ प्रतिशतले बढेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह (रेमिट्यान्स) १८ प्रतिशतले वृद्धि भई  १ खर्ब ३६ अर्ब ९३ करोड पुगेको हो।  

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६,९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२,६४७ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३९,१५२ र १६,४२३ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १ खर्ब ४८ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब २८ अर्ब २१ करोड रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .