ad ad

कारोबार


कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बिमा रकम भुक्तानी

नेपालखबर
भदौ ३०, २०८१ आइतबार २१:०, काठमाडौँ

कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।

भरतपुर म.न.पा. वडा नं. २, चितवन निवासी खाता धारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भए पश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बिमा वापतको १० लाख रकम हस्तान्तरण गरिएको हो।

उक्त रकम कुमारी बैंक लिमिटेडको पोखरा बसपार्क शाखाबाट हस्तान्तरण गरिएको थियो। सानिमा जिआईसि इन्स्योरेनस लि.बाट बिमा दावी रकम प्राप्त भएपश्चात कुमारी बैंक लिमिटेड मार्फत सो रकम भुक्तानी गरिएको बैंकले जनाएको छ।

कुमारी बैंकले कुमारी परिवार सुरक्षा बचत खातामा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपैयाँ सम्मको बिमा सुविधा प्राप्त गर्न सक्छन्।

सो खातामा आकस्मिक दुर्घटना, मृत्यु, पूर्ण शारीरिक अशक्तता, चिकित्सा उपचार र घातक रोगहरुका लागि बिमा सुविधा प्रदान गरिन्छ। कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरूको सुविधाका लागि परिवार सुरक्षा बचत खाता योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .