ad ad

कारोबार


काठमाडौंमा भदौ ३१ देखि डिपल एक्सचेन्ज कानिर्भल

काठमाडौंमा भदौ ३१ देखि डिपल एक्सचेन्ज कानिर्भल

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १८:१२, काठमाडौँ

नेपालका लागि चांगन तथा डिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आगामी ३१ भदौदेखि ३ असोजसम्म काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा डिपल एक्सचेन्ज कानिर्भल गर्ने भएको छ।

यो विशेष इभेन्टमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका इभीहरु खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

डिपलमा अपग्रेड हुने अभूतपूर्व मौका
डिपल एक्सचेन्ज कार्निभलमा ग्राहकले प्रि–बजेट मूल्य यानि ७१ लाख ९९ हजार रुपैयाँमा डिपलकै प्रिमियम इभी एस०७ खरिद गर्न सक्नेछन्। यसका लागि ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउनेछन्।

साथै, ग्राहकले थप एक्सचेन्ज बोनस पाउनेछन् जसले उनीहरुको डिपल यात्रालाई थप सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ।

यसबाहेक, एक्सचेन्ज कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्रि एसेसोरिज पाउनेछन्। जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर पाउनेछन्। साथै, ग्राहकले गाडीको भ्यालुएसन र बुकिंगमा गिफ्ट पाउने कम्पनीको भनाई छ।

किन डिपलका इभी किन्ने?
नेपालमा एमएडब्लु वृद्धिले डिपल एस०७ र एल०७ गरी दुई मोडेल बिक्री गर्दै आएको छ। यी इभीहरु एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् जसले नेपाली इलेक्ट्रिक सवारीसाधनको बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ।

कम्पनीका अनुसार पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको डिपल एस०७लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो।

डिपल इभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, एआई सपोर्ट भएको अग्मेन्टेड रियालिटी एडअप डिस्प्ले, चार ड्राइभिङ मोड, १२५ लिटरको फ्रंक, हेडरेस्ट र आउटडोरसहित १४ वटा स्पिकर लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरहरू छन् जुन अझै पनि सेग्मेन्टका अन्य मोडलहरुमा उपलब्ध छैन।

एमएडब्लु वृद्धिले डिपल एक्सचेन्ज कानिर्भलमा फ्युचरिस्टिक दिपल इभीमा अपग्रेड गर्न सबै इभीप्रेमीलाई आमन्त्रण गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .