अगस्टमा ७२ हजार ७१९ पर्यटक नेपालमा भित्रिएका छन्।
कोभिडअघि सन् २०१९ को तुलनामा घटे पनि गत वर्षको तुलनामा ८ प्रतिशतले वृद्धि भएका हुन्।
पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार २०१९ को अगस्टमा ९४ हजार ७४९ पर्यटक भित्रिएका थिए भने २०२३ मा ६७ हजार १५३ पर्यटक नेपाल आएका थिए।
नेपाल भित्रने प्रमुख ५ देशमा भारतबाट २५ हजार ८३२, चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलंकाबाट ४ हजार ८५१ र बंगलादेशबाट ३ हजार ७७ पर्यटक भित्रिएको बोर्डले उल्लेख गरेको छ।
24
Shares
प्रतिक्रिया