ad ad

कारोबार


हिजो घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढ्यो

सबैजसो विदेशी मुद्रा महँगिए
हिजो घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढ्यो

नेपालखबर
भदौ ६, २०८१ बिहिबार ५:१५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।   

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो थोरै घटेको अमेरिकी डलरको मूल्य आज फेरि बढेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८५ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६४ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ २९ पैसा र बिक्रीदर ९० रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४५ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४४० रुपैयाँ २८ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५८ पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ र बिक्रीदर ३५६ रुपैयाँ ५९ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .