कारोबार


१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कार्यान्वयनमा ल्याइने

१० अर्बको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कार्यान्वयनमा ल्याइने

नेपालखबर
भदौ २, २०८१ आइतबार १५:४०, काठमाडौँ

एनआरएन नेपाल डेभलपमेन्ट फन्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ। 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गैरआवासीय नेपाली संघका अधिकारीहरुबीच भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फन्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएको हो। 

अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो लगायत सहभागी थिए।

नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको हो । 

एनआरएन नेपाल डेभलपमेन्ट फन्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad