ad ad

कारोबार


निर्माण उद्योग परिषद्ले भन्यो– मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुल्यो

निर्माण उद्योग परिषद्ले भन्यो– मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खुल्यो

नेपालखबर
साउन १२, २०८१ शनिबार १८:४२, काठमाडौँ

नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरू खोलेको बताएको छ।

शक्रुबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीतिका बारेमा परिषद्को धारणा सार्वजनिक गर्दै परिषद्का महासचिव रामशरण देउजाले यस्तो बताएका हुन्। 

‘विगत तीन÷चार वर्षको कोभिड पछिको राम्रो मौद्रिक नीति आएको छ। संसार नै कोभिडबाट अछुतो रहन सकेन। नेपालमा यो ४ वर्षको आर्थिक आँकडालाई हेर्ने हो भने संकटको डिलमा पुगिसकेको परिस्थिति थियो। केही सर्टेन सूचकले छैन त्यो परिस्थिति भन्ने पनि देखियो। तर निजी क्षेत्रको दृष्टिकोणले हेर्दा एकदमै असहज र संकटपूर्ण परिस्थितिमा नेपालको आर्थिक अवस्था छ भन्नेकुरा बैंकहरुमा रहेको डिपाजिटलाई हेर्दा पनि क्लियर हुन्छ,’ उनले भने।

उनले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पार्ने प्रभाव र सम्बोधन सकारात्मक हुनेमा आफूहरु विश्वस्त रहेको बताए। 

महासचिव देउजाले संकटको डिलमा पुगिसकेको परिस्थिति गहन अध्ययन गरेर मौद्रिक नीति आएको पनि बताए। 

उनले विदेशी ऋणहरू क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गर्ने भन्नेकुरामा राष्ट्र बैंक गम्भीर रहेको पाएको पनि बताए। 

‘बैंकमा यत्रो डिपोजिट छ, हामीसँग रोजगारी छैन। बजेट खर्च भइरहेको छैन। सरकारले भुक्तानी गर्न सकिरहेको छैन। विदेशी ऋणहरु क्रमशः घट्दै गएको परिस्थितिमा आन्तरिक श्रोतलाई कसरी व्यवस्थित गरेर हामीसँग भइरहेका रिसोर्सहरुलाई कुन ढंगले एउटा परिधिभित्र राखेर जाँदा सहज हुन्थ्यो होला भन्ने ढंगले राष्ट्र बैंकले विस्तारै अध्ययन गरेर मौद्रिक नीतिमा यस्ता धेरै कुराहरु राखेको छ,’ उनले भने।

बजारमा पैसा पु¥याउने सरकारको पहिलो माध्यम निर्माण क्षेत्र रहेको भन्दै महासचिव देउजाले पैसा बजारमा जान बन्द भएको अवस्थामा अहिलेको अवस्थालाई बुझेर समस्या समाधान गर्नेगरी मौद्रिक नीति आएको उल्लेख गरे। 

‘नेपाल सरकारको बजारमा पैसा पु¥याउने पहिलो माध्यम निर्माण क्षेत्र हो। यो अवस्था बन्द रहेको थियो। अब विभिन्न क्षेत्रमा सहजता प्रदान गरेको कारणले अब व्यवसायीहरु बाहिर निस्किने वातावरण सिर्जना गरेको छ। मौद्रिक नीति राम्रो आयो। यसले समग्र निजी क्षेत्रलाई अघि जाने, सुचारु हुने अवस्था सिर्जना गरेको छ। यो मौद्रिक नीतिले एउटा बिरामीलाई जसरी भेन्टिलेटर उपलब्ध भएपछि आफ्नो रोग रिकभर गर्दै जान्छ, त्यो अवसर यसले दिएको छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .