ad ad

कारोबार


वर्षभरको वैदेशिक व्यापारमा १.३३ प्रतिशतको कमी, ३.०३ प्रतिशतले सुस्तायो निर्यात

वर्षभरको वैदेशिक व्यापारमा १.३३ प्रतिशतको कमी, ३.०३ प्रतिशतले सुस्तायो निर्यात

नेपालखबर
साउन ७, २०८१ सोमबार १५:३२, काठमाडौँ

नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्ष २०८०/०८१ मा १.३३ प्रतिशतले घटेको छ। 

ताजा तथ्यांकअनुसार गत आवमा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको हो। अघिल्लो आवमा यस्तो व्यापार १७ खर्ब ६८ अर्ब ८७ करोड २४ लाख ६५ हजार रुपैयाँको भएको थियो। 

त्यसैगरी गत आवमा आयातनिर्यात समेत घटेको छ। आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ। यसअनुसार गत आवमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँको आयात भएको छ। त्यसैगरी १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख ४४ हजार रुपैयाँको मात्र निर्यात भएको छ। 

अघिल्लो आवमा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको आयात र १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको निर्यात भएको थियो। 

आयातसमेत घट्दा नेपालको व्यापारघाटामा ०.९६ प्रतिशत संकुचन आएको छ। नेपालले गत आवमा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँको व्यापारघाटा व्यहोरेको छ। जुन अघिल्लो आवमा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ थियो। 

विभागका अनुसार आयातनिर्यात अनुपात तुलनात्मक रुपमा १.९२ प्रतिशतले धनात्मक हुँदा कुल व्यापारमा निर्यातको हिस्सा १.७२ प्रतिशतले ऋणात्मक छ भने आयातको हिस्सा ०.१७ प्रतिशतले धनात्मक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .