ad ad

कारोबार


अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा यथावत, अरु धेरै विदेशी मुद्राको भाउ घट्यो

अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा यथावत, अरु धेरै विदेशी मुद्राको भाउ घट्यो

नेपालखबर
साउन ७, २०८१ सोमबार ५:४९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलरको मूल्य सर्वाधिक बढी मूल्यमा यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छ। 

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी यही मूल्यमा कारोबार भएको थियो। 

अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सर्वाधिक उच्च हो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३९ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ र बिक्रीदर ४३८ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६९ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३० र बिक्रीदर ३५५ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३४ र बिक्रीदर ३५५ रुपैयाँ ९४ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .