ad ad

कारोबार


२५ सयको यात्रामा लम्किन थाल्यो सेयरबजार, ६० अंकले बढ्दा सूचक २४८४ मा

२५ सयको यात्रामा लम्किन थाल्यो सेयरबजार, ६० अंकले बढ्दा सूचक २४८४ मा

नेपालखबर
साउन ६, २०८१ आइतबार १५:१९, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से २५ सयको यात्रामा लम्किन थालेको छ। साताको पहिलो दिन नेप्से सूचक ६०.३६ अंकले बढ्दा २४८४.६८ अंकमा बजार बन्द भएको हो। 

अब बजारले १६ अंकको वृद्धि लिएमा २५ सय को यात्रा सुरु गर्नेछ। आइतबार बजार खुल्दा लगानीकर्तामा एक किसिमको अन्यौल थियो। डा युवराज खतिवडा प्रधानमन्त्रीको विकास सल्लाहकारमा नियुक्त भएपछि त्यसको असर आउने मौद्रिक नीतिमा देखिन सक्थ्यो। 

खतिवडा सेयरबजारप्रति उति उदार नदेखिँदा बजारमैत्री मौद्रिक नीति आउला नआउला भन्नेमा लगानीकर्ता सशंकित बन्न पुगेका थिए। तर दिनभर बजार सम्हालिदै  अगाडि बढिरह्यो। 

यसले कारोबार खुलेको १५ मिनेटमा देखिएको ओरालोलाई सम्हाल्दै सूचक पुन उकालो लाग्न पुग्यो। फलतः बजार बन्द हुने समयसम्म ६० अंकले बढेको हो। यसले बजारप्रतिको लगानीकर्ताको विश्वास थप मजबुत बन्दै गएको दर्शाउँछ। 

त्यसो त गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार १५ अर्बको कारोबार भएको बजारमा आइतबार पनि निरन्तरता पाएको छ। अर्थात् लगानीकर्ताको खरिदबिक्रीमा चाप उस्तै देखिँदा आइतबार पनि १५ अर्ब २३ कारोड रुपैयाँको सेयर कारोबार भएको हो। 

आइतबार पनि लगानीकर्ताले खरिदलाई बढाएका हुन्। 

समग्रमा दिनभर बजार हरियो बन्नुमा व्यपार,होटल तथा पर्यटन,बैकिङ लगायतका समूहले महत्वपूर्ण भूमिका खेले । यी कम्पनीको उपसूचक क्रमश ६.८०, ४.२१ र ३.८६ प्रतिशतले बढेको हो । समग्रमा आज सबै समूहको उपसूचक बढेको छ। यसले पनि १८१ कम्पनीको सेयरमूल्य बढाउन मद्दत गर्यो। 

आज कारोबारमा आएका ३१५ कम्पनीमध्ये १८१ कम्पनीको सेयरमूल्य बढ्दा ५६ वटा कम्पनीको मूल्य घटेको छ। 

बढ्नेमा युनाइटेड मोदी हाइड्रो र समता घरेलु लघुवित्त अगाडि छन्। यी कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लाग्दा हिमालयन बैंक, गणपति लघुवित्त, मन्दाकिनी हाइड्रो लगायतका कम्पनीको सर्किट लेभलमै मूल्य बढेको हो। 

आक्रामक रुपमा बढेको बजारमा म्युचुअल फन्डसहितका केही कम्पनीले भने मुल्यमा वृद्धि गर्न सकेनन् । सिक्लेस हाइड्रोपावरको मुल्यमा १० प्रतिशतको ह्रास सहित नकारात्मक सर्किट लाग्न पुग्यो भने नेपाल एसबीआई डिबेन्चर, ग्लोबल आइएई ब्यालेन्स फन्ड, माथिल्लो मैलुङ खोला जलविद्युत को ५ प्रतिशत माथिले मुल्य घट्न पुग्यो। 

कारोबारका आधारमा भने आज सोल्टी होटल अगाडि छ। यो कम्पनीको ३४ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ३० करोडको सेयर कारोबार भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .