ad ad

कारोबार


बिल नतिरेका ६ उद्योगको लाइन आजै जडान गर्न प्राधिकरणलाई ओलीको ठाडो निर्देशन

बिल नतिरेका ६ उद्योगको लाइन आजै जडान गर्न प्राधिकरणलाई ओलीको ठाडो निर्देशन

नेपालखबर
साउन ४, २०८१ शुक्रबार २०:४२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वटा उद्योगको लाइन आजै जडान गर्न निर्देशन दिएका छन्।

नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रकलाइनवापतको बक्यौता नतिरेका ती उद्योगको लाइन शुक्रबार नै जडान गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले बालुवाटरमा ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयकी सचिव सरिता दवाडी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीलाई सँगै राखेर छलफलपछि यो निर्देशन दिएका हुन्।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छलफलका क्रममा सञ्चालक समितिको बैठक आइतबार बसेर निर्यण गरेपछि मात्रै जडान गर्न सकिने बताएका थिए। जवाफमा प्रधानमन्त्रीले आजै सञ्चालक समितिको बैठक बसेर निर्णय गर्न निर्देशन दिएको बैठमा सहभागी एक अधिकारीले बताए।

'प्रधानमन्त्री प्रधिकरणसँग कडा रूपमा प्रस्तुत हुनुभयो,' छलफलमा सहभागी एक अधिकारीले भने,' कुनै पनि हालतमा आजै विद्युत जडान हुनुपर्ने भन्दै निर्देशन दिनुभयो।'

प्रधानमन्त्रीको निर्देशनसँगै ऊर्जा मन्त्रालयमा प्रधिकरण सञ्चालक समितिको बैठक बसेर निर्णयको तयारी हुँदै छ।

विद्युत प्राधिकरणले ६ अर्ब ४३ करोड बक्यौता नतिर्ने ५८ उद्योगको लाइन कटौती गर्ने बताउँदै आएको थियो। प्रधानमन्त्रीले बक्यौता उठाउने विषयमा फेरि छलफल हुने भन्दै तत्काल काटिएका उद्योगमा विद्युत जडान गर्न भनेका छन्।

प्राधिकरणले असार २५ र २७ गते रिलाइन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटिदिएको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .