ad ad

कारोबार


६ विकास बैंक र ३ वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही, सिन्धुका अध्यक्षलाई ५ लाख जरिवाना

६ विकास बैंक र ३ वित्त कम्पनीलाई राष्ट्र बैंकको कारबाही, सिन्धुका अध्यक्षलाई ५ लाख जरिवाना

नेपालखबर
साउन २, २०८१ बुधबार १७:२८, काठमाडौँ

पदीय दुरुपयोग गर्दै चेकबाट नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशनविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले सिन्धु विकास बैंकका अध्यक्षलाई कारबाही गरेको छ। 

नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले अध्यक्ष श्रेष्ठलाई ५ लाख जरिवाना गरेको हो। 

योसँगै विभागले आर्थिक वर्ष २०८०/८१ मा ६ वटा विकास बैंकसहित ३ वटा वित्त कम्पनीलाई कारबाही गरेको छ। विभागले कर्णाली विकास बैंकलाई अनिवार्य मौज्दात सीमामा नराखेको भन्दै २ हजार ५ सय ४६ रुपैयाँको जरिवानासहित कारबाही गरेको छ। 

त्यसैगरी विभागले नारायणी डेभलपमेन्ट बैंकलाई गरेको शीघ्र सुधारात्मक कारबाहीलाई निरन्तरता दिएको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकलाई वासलात समयमा नबुझाएको भन्दै सचेत गराएको छ।  

सिन्धु विकास बैंकलाई पुँजीकोष अनुपात ३२.०९ प्रतिशतले अपुग भएको, अध्यक्षले नै निर्देशनको विपरीत गएर कार्य गरेको भन्दै विभागले जारिवानासहितको कारबाही गरेको हो। 

विभागले एक्सेल डेभलपमेन्ट बैंकलाई समयमा लेखापरीक्षण नगराएको तथा वासलात नबुझाएको भन्दै विभागले सचेत गराएको छ।

यस्तै विभागको कारबाहीमा बेष्ट फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्स गरेर तीन वित्त कम्पनी परेका छन्। यी तीनवटै कम्पनीलाई विभागले सचेत मात्रै गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .