ad ad

कारोबार


गन्ध आउने मो:मोको अचार भेटिएपछि बर्गर हाउसलाई २ लाख रुपैयाँ जरिवाना

गन्ध आउने मो:मोको अचार भेटिएपछि बर्गर हाउसलाई २ लाख रुपैयाँ जरिवाना

नेपालखबर
असार २८, २०८१ शुक्रबार १८:५२, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले कलंकीमा रहेको बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

अनलाइन मो:मो अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम आज कारबाही गरिएको हो। 

महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले चमेना गृहबाट बिक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको बताए।

यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारबाही गरिएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .