ad ad

कारोबार


सेयरबजारले पार गर्‍यो २२ सयको विन्दु

सेयरबजारले पार गर्‍यो २२ सयको विन्दु

नेपालखबर
असार २७, २०८१ बिहिबार १५:१३, काठमाडौँ

सेयरबजारले २२ सय विन्दु पार गरेको छ। 

साताको अन्तिम कारोबार दिन नेप्से सूचक २९.२१ अंकले बढेर २२०४.६१ विन्दुमा पुगेको हो। 

सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ७ अर्ब माथि पुगेको छ। बिहीबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको सेयर कारोबार भएको छ। 

यो कारोबार ५ महिनायताकै ठूलो हो। यसअघि माघ ७ गते ७ अर्ब ६७ करोडको कारोबार भएको थियो। 

बिहीबार कारोबार हुने सेयर कित्ता नै २ करोड नाघेको छ। योसँगै बजारमा १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटाको घटेको र १२ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

आज बलेफी हाइड्रोपावर (९.९९ प्रतिशत), सिटिजन्स सुपर ३० म्युचुअल फन्ड (९.९७ प्रतिशत), एनआईबीएल स्टेबल फन्ड (९.८३ प्रतिशत), जानकी फाइनान्स (८.७६ प्रतिशत)को सेयर सर्वाधिक दरले बढेको छ। 

यता समाज लघुवित्त, साधना लघुवित्त, एनएमबी ५०, सेन्चुरी डिबेन्चर २०८८लगायतको अधिकतम ४.५९ प्रतिशतसम्मले सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

सर्वाधिक कारोबारमा आज सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट अगाडि छ। कम्पनीको १५ करोडको कारोबार भएको छ। त्यसैगरी ग्लोबल आईएमई बैंकको प्रोमोटर सेयर १४ करोड ८८ लाख, हिमालयन रि १२ करोड ७९ लाख, सानिमा जीआईसी इन्स्योरेन्स १२ करोड ६८ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ११ करोड ७९ लाखको सेयर कारोबार भएको छ। 

आज जीवन बीमा ३१८.६९ अंकले बढ्दा निर्जीवन १११.९० अंकले बढेको छ। माइक्रोफाइनान्स र व्यापारबाहेकका सबै उपसूचक हरियो भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .