ad ad

कारोबार


‘सधैं अन’मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

‘सधैं अन’मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

नेपालखबर
असार २६, २०८१ बुधबार १९:३२, काठमाडौँ

एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन्।

यसबाट एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने एनसेलले जनाएको छ।

कम्पनीका अनुसार एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिले काही मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन्। यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरि दुई प्रोडक्टहरु फेसबुक बेसिक मोड र डिस्कभर संचालनमा ल्याएको जनाएको छ। विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक छ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ। त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुक पहुँचको सुविधा पाउँछन्। यी दुवै प्रोडक्टहरुमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात उचित उपयोग नीति लागू हुने कम्पनीले जनाएको छ।

‘यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्‍याउँछ र हाम्रो सधैं अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहरुका मोबाइलहरूमा केही आधारभूत सेवाहरू उपलब्ध रहि रहने कुराको सुनिश्चित गर्नेमा हामी विश्वास गर्छौं। यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्नेछ,’ एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिन भने।

कम्पनीका अनुसार डिस्कभर एक एन्ड्रोइड एप हो। एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुनेगरि इन्टरनेट चलाउन सक्छन्। यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ। टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटा खपत हुने सामग्री उपलब्ध हुँदैन।

यसैगरी स्वास्थ्य एवं सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरुमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरु बुकमार्क गरिएको छ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन्। यसको मतलब ग्राहकहरुले आफ्नो स्टाटस्, पोस्टहरु राख्ने, फोटोहरु हेर्ने र राख्ने जस्ता कामहरु गर्न सक्छन्। ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरु स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .