ad ad

कारोबार


युएसएआइडीद्वारा सिन्धुपाल्चोकमा दुई नयाँ प्राथमिक विद्यालय हस्तान्तरण

युएसएआइडीद्वारा सिन्धुपाल्चोकमा दुई नयाँ प्राथमिक विद्यालय हस्तान्तरण

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १२:३९,

अमेरिकी सरकारले आज सिन्धुपाल्चोक जिल्लाका जनतालाई दुई नवनिर्मित प्राथमिक विद्यालय भवनहरूको हस्तान्तरण गरेको छ। सूर्यकिरण प्राथमिक विद्यालय र श्री प्राथमिक विद्यालय गरी यी दुई विद्यालयहरू हस्तान्तरण गरेकाे हाे।

भूकम्पबाट अति प्रभावित सात जिल्लामा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले बनाउँदै लगेका २९ वटा भूकम्पीय दृष्टिले सुरक्षित, सुसज्जित र बालबालिका तथा अपाङ्गता-मैत्री प्राथमिक र माध्यमिक विद्यालयहरूका एक हिस्सा हुन् ।

सिन्धुपाल्चोकका यी विद्यालय एसियाली विकास बैङ्क; राष्ट्रिय पुनर्निर्माण प्राधिकरण; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका केन्द्रीय र जिल्ला-स्तरीय परियोजना कार्यान्वयन इकाईहरू; र स्थानीय विद्यालय व्यवस्थापन समितिहरूसँगको साझेदारीमा निर्माण गरिएका हुन्। हालसम्म युएसएआइडीले यी २९ विद्यालयमध्ये १५ वटाको हस्तान्तरण गरिसकेको छ। सम्पन्न भएसँगै यी २९ विद्यालयबाट ८ हजार ८ सय विद्यार्थी र भविष्यमा थप असङ्ख्य लाभान्वित हुनेछन्। यी विद्यालयले अमेरिकी जनताको उदारताको प्रतिबिम्ब र नेपालको भविष्य तथा समृद्धिमा अमेरिकाको विश्‍वास, समर्थन तथा लगानीको प्रतिनिधित्व गर्ने बताइएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .