ad ad

कारोबार


आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा

आइसल्यान्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणा

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १२:४, काठमाडौँ

आइसल्यान्डको अवैतनिक महावाणिज्य दूतमा विषदुणी राणा नियुक्त भएकी छिन्। 

सोमबार काठमाडौंस्थित नयाँ महावाणिज्य दूतावासको उद्घाटनको अवसरमा राणाले पदभार ग्रहण गर्दै दुई देशबीचको सम्बन्ध सुधारमा भूमिका खेल्ने बताएकी हुन्। 

राणाले कूटनीतिक र आर्थिक सम्बन्धका पारस्परिक लाभहरू बताउँदै दुई राष्ट्रहरू बीचको सांस्कृतिक र व्यावसायिक आदानप्रदानलाई प्रवर्द्धन गर्न आफ्नो भूमिकाको महत्वपूर्ण रहेको बताएकी छिन्। 

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नव नियुक्त महावाणिज्यदुत राणाले दुइ देशको सम्बन्ध प्रगाढ बनाउन र नेपालमा औद्योगिक र प्राविधिक क्षेत्रको विकासमा आइसल्याण्डको सहयोगको लागि महत्वपूर्ण बनाउन खाग्रह गरे । 

नेपालका लागि आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा विदुषी राणाको नियुक्तिको उत्सव र सम्मान समारोहको आयोजना गरिएको थियो।

उपसभामुख इन्दरा राणा, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर र विभिन्न देशका राजदूतहरुको सहभागिता रहेको थियो। महामहिम राजदूतहरुको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .