राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले बजेट मध्यपन्थी रहेको टिप्पणी गरेका छन्। बजेटको आकार ह्वात्तै बढ्ला भन्ने चिन्ताकाबीच धरातलमै आएको उनले प्रतिक्रिया दिएका छन्।
मंगलबार संसद्बाट बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा वाग्लेले पूँजीगत खर्च ३ खर्ब २ अर्बबाट बढाएर ३ खर्ब ५२ अर्ब पुर्याउनु सकरात्मक भएको बताए।
‘दसैँअगाडी नै योजना बनाएर अघि बढ्न सक्दा कार्यन्वयन नहुने पुरानो रोग केही समाधान हुन्छ,’ वाग्ले भन्छन्, ‘राजश्वतर्फ १२ खर्ब ६० अर्ब अनुमान गरेको छ। यसलाई बढाउन सकिन्थ्यो।’
वैदेशिक अनुदान ५२ अर्ब उठाउने लक्ष्य बढी भएको छ। ५ खर्ब १७ अर्ब रुपैयाँ ऋणबाट स्रोत पूर्ति गर्ने विषय धेरै भएको उनको बुझाई छ।
अर्थतन्त्रको आकारको ९ प्रतिशत ऋण लिने व्यवस्था अत्यधिक भएको वाग्लेले बताए।
सरकारले राखेको ५ वटा प्राथमिकताले ६ प्रतिशतको आर्थिकवृद्धि हुन सक्ने आंकलन गरेका छन्।
Shares
प्रतिक्रिया