ad ad

कारोबार


सहकारीमा पाँच लाखसम्मको बचत राख्ने बचतकर्ताको पैसा फिर्ता हुने

सहकारीमा पाँच लाखसम्मको बचत राख्ने बचतकर्ताको पैसा फिर्ता हुने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १६:११, काठमाडौँ

सहकारीमा पाँच लाखसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता हुने भएको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले समस्याग्रस्त सहकारीमा रहेको बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गरिने बताएका हुन्।

बजेटमा समस्याग्रस्त भएर सञ्चालक भागेका सहकारीहरूका बचतकर्तालाई सञ्चालकको सम्पत्ति बिक्री गरेर बचत फिर्ता गर्ने व्यवस्था गरिएको मन्त्री पुनले जानकारी दिए।

पाँच लाखभन्दा माथिको बचतलाई भने बजेटले समेटेको छैन।

यस्तै, सहकारी क्षेत्रमा देखिएको समस्यालाई न्यूनीकरण गर्न सहकारी ऐनमा संशोधन गर्ने तथा छुट्टै नियमनकारी निकायको स्थापना गर्ने घोषणा गरिएको छ।

योसँगै अगामी वर्षबाट बचत तथा ऋण सहकारी संस्थालाई गाभेर सञ्चालनमा ल्याइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .