ad ad

कारोबार


बिमस्टेक दक्षिण र दक्षिणपूर्वी एसियाली देशलाई साझा आर्थिक सम्बन्धले जोड्ने सेतु : केसी

बिमस्टेक दक्षिण र दक्षिणपूर्वी एसियाली देशलाई साझा आर्थिक सम्बन्धले जोड्ने सेतु : केसी

नेपालखबर
असोज २, २०८१ बुधबार १७:४३, नालन्दा, भारत

भारतमा यही १२ देखि १४ सेप्टेम्बर २०२४ मा नालन्दा विश्वविद्यालय र सिनेर्जिया फाउन्डेसनको संयुक्त आयोजनामा बोधगया—नालन्दा सम्मेलन सम्पन्न भएको छ। 

सम्मेलनमा नेपाल-भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा एसियाली कूटनीति तथा अन्तर्राष्ट्रिय मामिलाहरूको संस्थाका संस्थापक सुनील केसीलाई विशिष्ट अतिथि वक्ताको रुपमा आमन्त्रित गरिएको थियो। 

“बिमस्टेक प्लस” साझा सांस्कृतिक मूल्यहरू र भविष्य शीर्षकमा केसीले सम्बोधनमा गरेका थिए। उनले बिमस्टेक राष्ट्रहरूबीच सांस्कृतिक र आर्थिक एकताका महत्वलाई जोड दिए। बिमस्टेक दक्षिण र दक्षिणपूर्वी एसियाको देशहरूलाई साझा ऐतिहासिक मूल्यहरू र आर्थिक सम्बन्धद्वारा जोड्ने सेतु भएको बताउँदै उनले यसले दीर्घकालीन समृद्धिका लागि आधार तयार गर्ने उल्लेख गरे।

क्षेत्रीय पर्यटन, शिक्षा र सिर्जनात्मक उद्योगहरूमा सहकार्यलाई प्रोत्साहन गर्न, साझा सांस्कृतिक सम्पदालाई आर्थिक सहयोगको माध्यम बनाउनुपर्नेमा उनको जोड थियो। यसले क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्ने उल्लेख गरे।  

दिगो विकासका लागि समावेशी आर्थिक रणनीतिहरूको आवश्यकता औँल्याउँदै केसीले महिला, युवा समुदायहरूलाई माथि उठाउनका लागि दीर्घकालीन रणनीति आवश्यक रहेको बताए।

पूर्वाधार विकास, डिजिटल अर्थतन्त्रको विस्तार र जलवायु कार्यदिशाहरू क्षेत्रीय विकासका प्रमुख प्राथमिकता हुने उनको भनाइ थियो।

सम्मेलनले “बिमस्टेक प्लस”को परिकल्पना प्रस्तुत गर्दै यसले क्षेत्रमा मात्रै नभई विश्वव्यापी समस्याहरूको समाधान गर्नका लागि आर्थिक सहकार्य र साझेदारीको आवश्यकता औँल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .