ad ad

कारोबार


कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरेलसँग चेम्बरले सहकार्य गर्ने

कृषिको विकास र खाद्य सुरक्षाका लागि इजरेलसँग चेम्बरले सहकार्य गर्ने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार ११:२४, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको सम्झौता भएको छ। 

व्यापारिक सूचना तथा अनुभव आदान प्रदान, व्यवसायिक प्रतिनिधिबीचको भ्रमण सहजीकरण, कृषि विकास प्रवर्द्धनलगायत १० विषयमा सहकार्यको सम्झौता भएको हो। 

सम्झौतापत्रमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र र इजरेल एसिया चेम्बर अफ कमर्सका अध्यक्ष अनत  बर्सन्टेन रेचले हस्ताक्षर गरे।

नेपाल इजरेल चेम्बरबीच भएको सम्झौता अनुसार आफ्ना सदस्यहरुको हितअनुकूल हुने गरी व्यापार तथा लगानीसम्बन्धी कानुन र नियमहरुको जानकारी उपलब्ध गराउने उल्लेख छ। यस्तै मैत्रीपूर्ण सम्बन्ध विस्तार एवं व्यापार सहजीकरणका लागि मध्यस्थता गर्ने सम्वन्धमा समेत सहकार्यको सम्झौता भएको छ। 

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल चेम्बर र इजरेल चेम्बरबीच व्यापार एवं प्रर्दशनी, सूचना प्रविधिमा सहकार्य एवं व्यापर विस्तारका लागि सहकार्य गर्ने।’

कृषिको विकास र खाद्य सुरक्षामा सहकार्यको विषयमा पनि सम्झौतामा उल्लेख छ। सम्झौतामा भनिएको छ, ‘कृषिको विकास प्रर्वद्धन पारस्परिक हितलाई मान्यता दिएर खाद्य सुरक्षामा सहकार्य गरिनेछ।’

यस्तै नेपाल र इजरेलका उद्योग एवं वाणिज्य क्षेत्रका प्रतिनिधिले एक अर्कोका देशमा गर्ने व्यवसायिक भ्रमण, लगानी अभिवृद्धि गर्ने विषयमा पनि  सहमति भएको छ। वैदेशिक व्यापार र औद्योगिक उत्पादन क्षेत्रमा भएका अध्ययन अनुसन्धानको आदानप्रदान गर्न दुवै देशका चेम्बरबीच सहमति भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .