ad ad

कारोबार


सेयरबजार हरियो, ३ अर्ब ८९ करोडको कारोबार

सेयरबजार हरियो, ३ अर्ब ८९ करोडको कारोबार

नेपालखबर
जेठ १४, २०८१ सोमबार १५:३२, काठमाडौँ

सेयरबजार परिसूचक नेप्से हरियो बनेको छ। 

३.९३ अंकले बढेको बजारमा सोमबार ३ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको हो। 

९३ लाख ३० हजार कित्ता सेयर बिक्री भएको दिन बजारमा १४९ कम्पनीको सेयर बढेको छ भने ९० कम्पनीको घटेको र ८ वटाको पुरानै मूल्यमा कारोबार भएको छ। 

आज मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले क्रमशः ८६.८० र ७२ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। यसबाहेक कालिञ्चोक दर्शन, पोखरा फाइनान्स लगायतका लगानीकर्ताले पनि आम्दानी गरेका छन्। 

बुद्धभूमि नेपाल हाइड्रोको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। कम्पनीका लगानीकर्ताले ७२ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यसबाहेक एसबीआई बैंकको ऋणपत्र, सिकलेस हाइड्रोपावरलगायतका सेयरधनीले पनि गुमाएका छन्। 

आज बजारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २० करोडको सर्वाधिक सेयर कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .