ad ad

कारोबार


सार्वजनिक संस्थानको आम्दानी १४.८७ प्रतिशतले बढ्यो, १५ कम्पनी घाटामा

सार्वजनिक संस्थानको आम्दानी १४.८७ प्रतिशतले बढ्यो, १५ कम्पनी घाटामा

नेपालखबर
जेठ १३, २०८१ आइतबार १५:२१, काठमाडौँ

सार्वजनिक सस्थानको आम्दानी १४.८७ प्रतिशतले वृद्धि भएको छ। 

आर्थिक वर्ष २०७८/०७९ मा ५ खर्ब ७५ अर्ब रुपैयाँ आम्दानी गरेका सार्वजनिक संस्थानहरुले आव ०७९/०८० मा ६ खर्ब ६१ अर्ब रुपैयाँ आम्दानी गरेका हुन्। 

गत आर्थिक वर्षमा अस्तित्वमा रहेका २६ वटा संस्थानले नाफा आर्जन गर्दा १५ वटा घाटामा छन्। ३ वटा संस्थानको कारोबार शून्य छ। 

सार्वजनिक संस्थानको खुद नाफामा ३ हजार ४६ प्रतिशतले वृद्धि हुँदा ४८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। 

आर्थिक वर्ष २०७८/७९ मा ३८ अर्ब १७ करोड घाटामा रहेको आयात निगम गत आर्थिक वर्ष ११ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको छ। 

नेपाल सरकारको स्वामित्वमा ४४ वटा सार्वजनिक संस्थान रहेका छन्। जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ वटा सार्वजनिक संस्थान छन्।

१७ अर्ब ३९ करोड ४६ लाख आयकर प्राप्त
गत आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १७ अर्ब ३९ करोड ४६ लाख आयकर प्राप्त भएको थियो। अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट १४ अर्ब ३८ करोड १८ लाख आयकर प्राप्त भएको थियो । 

गत आर्थिक वर्षमा सङ्कलन भएको सङ्घीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट सङ्कलित आयकरको योगदान ६.९७ प्रतिशत रहेको छ।  

गत आर्थिक वर्षसम्म सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व  ४७ अर्ब ३६ करोड रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो दायित्व  ५२ अर्ब ८७ करोड २ लाख पुगेको थियो। गत आर्थिक वर्षमा कोषमा व्यवस्था नभएको दायित्व आर्थिक वर्ष २०७८/७९ वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षमा सार्वजनिक संस्थानमा ३२ हजार १ सय ८० कर्मचारी कार्यरत रहेका थिए। आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानमा २९ हजार ७ सय ३६ कर्मचारी कार्यरत थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .