ad ad

कारोबार


चीनमा नेपाल पर्यटन बोर्डले पायो ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’

चीनमा नेपाल पर्यटन बोर्डले पायो ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’

नेपालखबर
जेठ ६, २०८१ आइतबार ९:९, काठमाडौँ

चीनको ग्वाङ्झाउमा आयोजित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) मा नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड’ प्रदान गरिएको छ।

जेठ ३ देखि ५ सम्म भएको जीआईटीएफमा नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालबाट पाटा नेपाल च्याप्टर र ७ ट्राभल एजेन्सी तथा होटलको सहभागिता छ।

कोरोना महामारीपछि जीआईटीएफमा नेपाल पहिलोपटक सहभागी भएको हो।

उद्घाटन समारोहमा ग्वाङ्झाउका लागि नेपालका कार्यवाहक महावाणिज्यदूत सरोज भट्टराई सहभागी भएका थिए।

सो अवसरमा पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले नेपालको पर्यटन सम्भाव्यताबारे प्रस्तुति दिएका थिए।

चीन नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेको अवस्थामा ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपालको सहभागिताले पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने अपेक्षा बोर्डको छ। 

फेयरमा पाटा नेपाल च्याप्टरले चाइना आउटबन्ड टुरिजम रिसर्च इन्स्टिच्युट (कोटरी) बाट ‘ओभरअल परफरमेन्स अवार्ड’ र ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) बाट ‘बेस्ट पार्टनर अवार्ड’ प्राप्त गरेको छ।

नेपालबाट सहभागी जुगल हलिडेजले मेलामा ‘गोल्ड अवार्ड फर प्रोडक्ट इनोभेसन’ प्राप्त गरेको फेयरमा सहभागी नेपाल पर्यटन बोर्डका अधिकृत प्रदीप गैरले जानकारी दिए। 

नेपालले यसअघि सेन्टरमा आयोजित अरेबियन ट्राभल मार्केट (एटीएम-२०२४) को ३१औँ संस्करणमा सहभागिता जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .