तराईका ३ लाख १८ हजार हेक्टर जमिनमा सिँचाइको वैकल्पिक सुविधा खोजिने भएको छ।
सरकारले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ट्विवेल लगायतका प्रविधि प्रयोग गरी सिँचाइ सुविधा पुर्याउने वाचा गरेको हो।
राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई समयमै सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
पहाडी क्षेत्रका लिफ्टिङको व्यवस्था गरी सिँचाइको व्यवस्था गर्ने जनाइएको छ। आगामी वर्ष भूमिगत सिँचाइ सुविधको काम विस्तार गर्नेछ।
39
Shares
प्रतिक्रिया