नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्विरोध निर्वाचित भएका छन्। संघको सोमबार राजधानीमा भएको २०औं वार्षिक साधारणले अध्यक्षमा तुलाधरलाई निर्विरोध निर्वाचित गरेको हो ।
संघका पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष राजुबाबु श्रेष्ठ, उपाध्यक्ष राष्ट्रभुषण चाकुबाजी, महासचिव विवेक पौडेल, कोषाध्यक्ष जगत बहादुर श्रेष्ठ, चयन भएका छन् । नेपाल तथा चीन वीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवद्र्धनका लागि सन् १९९९मा नेपाल चीन उद्योग वाणिज्य संघको स्थापना भएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष त्रिभुवनधर तुृलाधरले सबै साथिहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडी बढाउने बताए।
चीनका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डलको आदान प्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए । साथै उनले सम्पूर्ण कार्य समिति सदस्यहरुको राय सुझाब लिई संघको भावी योजना तयार गरि अघि बढ्नुका साथै यसका लागि सहकार्य तथा सहयोगका लागि आग्रह गरे।
कार्य समिति सदस्यमा अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्र लाल प्रधान, हुवाङ एर टोङ, लिमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रविन श्रेष्ठ, राजेन्द्र मान शेरचन, विक्रम पाँडे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमित कुमार अग्रवाल तथा ज्ञानेन्द्र रत्न तुलाधर निर्वाचित भएका छन्।

प्रतिक्रिया