कारोबार


उपनिर्वाचन खर्चबापत अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो १० करोड

उपनिर्वाचन खर्चबापत अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई दियो १० करोड

नेपालखबर
बैशाख २६, २०८१ बुधबार ११:१०, काठमाडौँ

यही वैशाख १५ गते इलाम र बझाङमा भएका उपनिर्वाचनमा भएको खर्चबापत अर्थ मन्त्रालयले १० करोड रुपैयाँ थप निकासा गरेको छ।

निर्वाचन आयोगको नियमित बजेटभन्दा बाहेक खर्च गर्न परेको भन्दै अर्थ मन्त्रालयले १० करोड रुपैयाँ थप निकासा गरेको हो। 

अर्थ मन्त्रालयका अनुसार उपनिर्वाचन नियमित कार्यक्रमभन्दा थप भएको कार्यक्रम हो।

उपनिर्वाचनलाई भनेर बजेट विनियोजन नभएकाले निर्वाचन आयोगका लागि थप रकम निकासा गर्नुपरेको मन्त्रालयले जनाएको छ। 

प्रचलित कानुन र स्वीकृत मापदण्डबमोजिम खर्च गर्ने गरी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोग तथा जिल्ला निर्वाचन कार्यालयमा बाँडफाँड हुने गरी थप रकम निकासा भएको मन्त्रालयको भनाइ छ। 

यही वैशाख १५ गते प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्य चयनका लागि बझाङ १ (क) मा उपनिर्वाचन भएका थिए। 

जसमा इलामबाट नेकपा एमालेका  सुहाङ नेम्बाङ र बझाङ क बाट एमालेकै दमन भण्डारी निर्वाचित भएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .