ad ad

कारोबार


बिहीबार झण्डै सात घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा मध्यरातिबाट सञ्चालनमा

बिहीबार झण्डै सात घण्टा अवरुद्ध भएको इन्टरनेट सेवा मध्यरातिबाट सञ्चालनमा

नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार ६:५९, काठमाडौँ

बिहीबार करिब सात घण्टासम्म अवरुद्ध भएको इन्टरनेट सेवा मध्रातिबाट सञ्चालनमा आएको छ। 

बिहीबार दिउँसो ४ बजेदेखि इन्टरनेट सेवा अवरुद्ध थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रयासपछि गएराति १० बजेबाट सेवा सञ्चालनमा आएको हो। 

सेवा प्रदायकहरुले इन्टरनेट सेवा अवरुद्ध गरेपछि मन्त्रालयले इन्टरनेट जस्तो अत्यावश्यकीय सेवा अवरुद्ध गर्ने इन्टरनेट सेवा प्रदायकहरुलाई कारबाही गर्ने चेतावनी दिएको थियो। 

भारतीय इन्टरनेट सेवा प्रदायक एयरटेल, टाटा लगायतका कम्पनीले वल्र्डलिंक, भायनेट, सुबिसुलगायतका कम्पनीको ब्यान्डविथ काटिदिएपछि सेवा अवरुद्ध भएको थियो। इन्टरनेट सेवा अवरुद्ध हुँदा लाखौँ ग्राहक प्रभावित बनेका थिए। 

नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएका केही सेवा प्रदायकले ब्यान्डविथ खरिदबापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा सेवा अवरुद्ध भएकाे इन्टरनेट सेवा प्रदायकहरुकाे भनाइ छ।

तर मन्त्रालयले भने इन्टरनेट सेवा प्रदायकहररुले देशभित्र इन्टरनेट सेवा प्रदान गरेबापत ग्राहकबाट अग्रिम रूपमा महसुल लिने गरेको, यसरी लिएको महसुलबाट वार्षिक आयको दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष र वार्षिक कुल आम्दानीको चार प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ३० र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा रहेको भन्दै  इन्टरनेट सेवा प्रदायकहरुलाई सचेत गराएको थियो। 

बिहीबार दिउँसो करिब ४ बजेदेखि खासगरी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क, सुबिसु र भायनेटका उपभोक्ताले इन्टरनेट नचल्ने, चले पनि अत्यन्त न्यून गतिमा चल्नेजस्ता समस्या भोग्नुपरेको थियो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .