मार्च महिनामा १ लाख २८ हजार विदेशी पर्यटक भित्रिएका छन्। गत वर्षको तुलनामा २८.९ प्रतिशतले पर्यटक बढेका हुन्।
नेपाल पर्यटन बोर्डले संकलन गरेको तथ्यांकअनुसार अधिकांश देशबाट नेपाल आउने पर्यटक बढेका छन्। नेपाल भित्रिने पर्यटकमा सबैभन्दा बढी भारतीय र दोस्रोमा चिनियाँ रहेका छन्।
भारतबाट ३० हजार ६९८, चीनबाट १२ हजार ९३, अमेरिकाबाट १० हजार ७६३ पर्यटक भित्रिएका छन्। बेलायतबाट ७ हजार २४१, श्रीलंकाबाट ५ हजार ७४१ भित्रिएका छन्।
२०२३ को मार्च महिनामा ९९ हजार ४२६ जना पर्यटक आएका थिए।
मार्च र अप्रिलमा महिनामा हिमाल आराेहण र ट्रेकिङकाेलागी बढी आउने गरेका छन्।
48
Shares
प्रतिक्रिया