ad ad

कारोबार


न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ दिन संसदीय समितिको निर्देशन

न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ दिन संसदीय समितिको निर्देशन

फाइल फोटो


नेपालखबर
चैत १९, २०८० सोमबार १५:३, काठमाडौँ

न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र स्पष्ट जवाफ पेश गर्न नेपाल वायुसेवा निगमलाई संसदीय समितिले निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमवार बसेको बैठकमा निगमलाई यस्तो निर्देशन दिएको हो।

न्यारोबडी जहाज खरिद प्रक्रिया भ्रष्टाचारजन्य कार्य नभएको समितिलाई विश्वास हुनेगरी स्पष्ट जवाफ पेश गर्न समिति सभापति राजकिशोर यादवले निर्देशन दिए।

उनले समितिले न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन गरिने बताए। उनले न्यारोबडी जहाज खरिद सम्झौताको बेलामा भएका सबै प्रक्रियाको बारेमा पनि पेश गर्न आग्रह गरे।

सभापति यादवले परिस्थितिजन्य कारणले भ्रष्टाचार भयो भन्ने समितिलाई विश्वास दिलाउन नसके समितिले थप कारबाहीको लागि बाध्य हुने चेतावनी दिए।

उनले दुई हप्ताभित्र न्यारोबडी इन्जेक प्रक्रियामा कुनै बद्मासी नभएको विश्वास दिन जरुरी रहेको बताए। उनले दुबईको निर्णय कुन परिस्थिति र किन भयो? कारणसहित पेश गर्न पनि निर्देशन दिए।

उनले भने, ‘समितिले उपसमिति बनाएर समितिलाई विश्वास तुल्याउने गरी न्यारोबडी जहाज सम्बन्धी सम्झौताको बेला के भएको थियो। तपाईले गरेको सम्झौता के हो। अहिले भएको के हो। त्यसमा भ्रष्टाचार छैन, परिस्थितिजन्य कारण भयो भन्ने समितिलाई विश्वास हुनुपर्यो। होइन भने थप कारबाहीका लागि बाध्य हुन्छौं।’

उनले निगमले जहाज खरिदपछि बनाएको व्यवसायिक योजना पनि पेश गर्न निर्देशन दिए।

उनले युरोपियन युनियनको कालोसूचिबाट हट्नको लागि नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम एक ठाउँमा हुन जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .