ad ad

कारोबार


नेपालमा अनुमति नपाएको सीजी टेलिकमले किन्यो युरोपको ‘मोल्डसेल’

नेपालमा अनुमति नपाएको सीजी टेलिकमले किन्यो युरोपको ‘मोल्डसेल’

नेपालखबर
फागुन ४, २०७६ आइतबार ९:२०,

चौधरी ग्रुपअन्तर्गतको सीजी टेलिकमले युरोपको मोल्डोभामा सञ्चालनमा रहेको ‘मोल्डसेल’ टेलिकम खरिद गरेकाे छ। सरकारले सीजीको सात जिल्लामा रहेको लिमिटेड मोबिलिटी सेवालाई खारेज गरेको केही दिनपछि कम्पनीले युरोपमा लगानी गरेको हो।

नेपालमा आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न अनुमतिपत्र नपाएको सीजी सेल टोक्नोलोजीले युरोपको उक्त टेलिकम लिएको सिन्युजले उल्लेख गरेको छ।

सामाचारमा जनाइएअनुसार स्विडेनको टेलिया कम्पनीअन्तर्गत रहेको मोल्डसेलकाे शतप्रतिशत सेयर सीजीले ३ करोड १५ लाख अमेरिकी डलरमा खरिद गरेको छ। गत शुक्रबार उक्त खरिदबिक्रीको सहमति भएको समाचारमा उल्लेख गरिएको छ।

उक्त खरिद प्रक्रिया भने मार्चभित्रै सकिने टेलियाद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ।

‘युरेसियाबाट बहिर्गमन भएर नोर्डिक र बाल्टिक बजारमा हाम्रो ध्यान केन्द्रित गर्न पाउँदा हामी खुसी छौं’, टेलियाका निमित्त अध्यक्ष तथा सीईओ क्रिस्टियन लुइगाको भनाइलाई समाचारमा उद्धृत गर्दै भनिएको छ।

सन् २०१७ देखि नै यस कम्पनीले युरेसियाबाट आफ्नो सम्पत्ति बहिर्गमन प्रक्रिया सुरु गरेको थियो।

टेलिया कम्पनीको ०.७ प्रतिशत सर्भिस रेभिन्यु र कम्पीको कुल आर्जन (ईबीआईटीडीए)को ०.६ प्रतिशतको प्रतिनिधत्व गर्ने मोल्डसेल मोल्डोभाको दोस्रो ठूलो टेलिकम कम्पनी भएको समाचारमा जनाइएको छ। यसको यस टेलिकमका ९ लाख उपभोक्ता रहेका छन्।

टेलिया सन् १८५३ मा स्थापना र नास्डाक स्टक र नास्डाक हेलिन्स्कीमा सेयर सूचीकृत भएको कम्पनी हो। संसारभर यस कम्पनीका २ करोड ४२ लाख ग्राहक छन् भने २० हजार ८ सय कर्मचारी छन्।

सीजी सेल टेक्नोलोजी नेपालको सीजी कर्प ग्लोबलको स्वामित्वमा रहेको र यसका संसारभर सयौँ कम्पनीमा एक बिलियन अमेरिकी डलर लगानी गरेको समाचारमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .