नेपाल वायुसेवा निगम र एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्ने लगायत भूमिस्थ सेवालाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने बारे छलफल भएको छ।
यस सम्बन्धमा नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरुबीच पहिलो चरणको छलफल भइसकेको छ।
सोसँगै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको नेतृत्वमा एक प्रतिनिधिमण्डलले एयर इन्डियाका प्रमुख कार्यकारी तथा प्रबन्धनिर्देशक क्याम्पबेल विल्सनसँग छलफल गरेको छ।
एयर इन्डियाको मुख्यालय नयाँ दिल्लीमा सौहार्दपूर्ण छलफल भएको निगमले जनाएको छ।
यसबाट दुवै एयरलाइन्सबीच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोग पुग्ने विश्वास गरिएको छ।
57
Shares
प्रतिक्रिया