ad ad

कारोबार


निवर्तमान अर्थमन्त्री महतप्रति स्वर्णिम वाग्लेको कटाक्ष : ‘असफल बजेटका सर्जक’

निवर्तमान अर्थमन्त्री महतप्रति स्वर्णिम वाग्लेको कटाक्ष : ‘असफल बजेटका सर्जक’

नेपालखबर
चैत १, २०८० बिहिबार १७:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उपसभापति वाग्लले यस्तो सुझाव दिएका हुन्।

उनले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै त्यो विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको बताए। डा. वाग्लले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनीय रहेको बताए।

उनले चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब  र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको बताए।

उनले राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए। उनले निःवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रुपमा प्रस्तुत भएको दाबी गरे। उनले गत वर्ष आफूले अर्थमन्त्रीलाई भनेका कुराहरु सत्य सावित भएको बताए।

उनले भने, ‘चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनीय छ। १७ खर्ब ५१ अर्बको बजेटलाई अर्धवार्षिक समिक्षामा २ खर्ब घटाएर १५ खर्ब ३० करोडमा ल्याउनु भयो। खर्च हेर्दा ८ खर्ब खर्च गरेका छौं। चालु खर्च ५ खर्ब ८२ अर्ब र पुँजीगत खर्च ८१ अर्ब छ। वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब जति छ। राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ छ। हिजोसम्मको ग्याप नै १ खर्ब ६० अर्बको छ। अर्थतन्त्र भयावह छ। कुनै हालतमा सफल हुँदैन भन्दा सकिन्छ गर्छु भन्नु भएको थियो। असफल बजेटको सर्जक निवर्तमान अर्थमन्त्री हुनुहुन्न।’

सांसद वाग्लेले सरकारको सार्वजनिक वित्तको अवस्था खराब भएकाले सुधारको लागि गम्भिर हुन आवश्यक रहेको बताए। उनले आगमी बजेटमा सरकारले विकासलाई स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राखे। उनले बजेटको सिद्धान्त र प्राथमिकता प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गरे।

उनले दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने बताए। उनले औद्योगिकीकरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट र अठोट सरकारसँग हुनुपर्ने बताए।

सांसद वाग्लेले बजेटको सिद्धान्त र प्राथमिकतालाई पुनःलेखन नगर्दा पनि हुने भन्दै नीति तथा कार्यक्रम र बजेट वास्तविक धरातलका आधारमा ल्याउन सुझाव दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .