कारोबार


टाटा मोटर्स स्प्रिङ एक्सचेञ्ज थप एकदिन सञ्चालन हुने

टाटा मोटर्स स्प्रिङ एक्सचेञ्ज थप एकदिन सञ्चालन हुने

नेपालखबर
फागुन २७, २०८० आइतबार १९:४७, काठमाडौँ

टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकहरूका लागि आयोजना गरेको स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रमको समयसिमा थप गरेको छ।

ग्राहकको चाहना तथा ग्याल्पो ल्होसारको अवसरमा कार्यक्रमको समय सिमा एकदिन थप गरिएको कम्पनीले जनाएको छ। यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीको भनाई छ।

स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रमका टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, हरेक बुकिङ्गमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन।

कम्पनीका अनुसार यस एक्सचेञ्ज कार्यक्रमको मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो।

यस कार्यक्रमको अबसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।

साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad