विश्व क्यान्सर दिवसको अवसरमा सर्वसाधारण लाई सचेतना अभिवृद्धिका लागि विराटनगर प्लाटियम राउण्ड टेवल ११ ले दौड प्रतियोगिता सम्पन्न गरेको छ। माघ २५ गते भएको कार्यक्रममा महालक्ष्मी विकास बैंकले थालेसीमिया रोगबाट ग्रसित बालबालिकाको स्वास्थ्य उपचारका लागि स्थापित सुगन्ध थालेसीमिया प्रोजेक्टलाई दुईलाख ५० हजार आर्थिक सहयोग गरेको छ।
कुनै पनि विपन्न परिवारका बाल वालिकाहरु थैलेसीमिया क्यान्सर भएर अकालमा मृत्यु वरण गर्नु नपरोस् भनी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्य अनुरुप वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोति दुगडको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सो रकम सहयोग गरेको हो।
महालक्ष्मी विकास बैंक विराटनगर शाखाले सो क्षेत्रमा आयोजित एक कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक राउण्ड टेवलका पदाधिकारीलाई उपलव्ध गराएको छ।
साथै बैंकको तर्फबाट भविष्यमा अझै सहयोग गर्ने वचन वद्धता व्यक्त गर्नु भएको थियो भने क्लवका अध्यक्षबाट बैंकले आफ्नो सामाजिक सेवा तर्फ गरेको सहयोग प्रति आभार प्रकट गर्दे उक्त सहयोग राशीलाई सो रोगबाट ग्रसित बाल बालिकाहरुलाई निःशुल्क स्वास्थ्य उपचार गराउने विश्वास दिलाए। साथै अन्य क्षेत्र वर्ग र सहयोगीहरुसँग समन्वय गरेर उक्त राशीलाई अझ वृद्धि गरि लक्षित वर्गमा सहयोग गर्ने बताए।

प्रतिक्रिया