सरकारले सूचना प्रविधि उद्योगलाई सेवा निर्यातको रुपमा विकास गर्ने भएको छ।
आगामी वर्षको सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुतगर्दै अर्थमन्त्री प्रकाशशरण महतले सफ्टवेयर निर्यातको नीति लिइने बताएका हुन्।
डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यन्वयन गर्दै इनोभेसन सेन्टर र स्टार्टअपको प्रवद्र्धन र विकास गरिने उल्लेख छ।
डिजिटल भुक्तानी लगायतका सेवा विस्तार गर्न सार्वजनिक डिजिटल पूर्वाधार निर्माण तथा विस्तार गर्ने छ।
15
Shares

प्रतिक्रिया