कारोबार


जनकपुरमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट

जनकपुरमा गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट

नेपालखबर
फागुन ७, २०८० सोमबार २०:२४, काठमाडौँ

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना  रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसँगको भेटघाट तथा छलफल कार्यक्रम जनकपुरमा सम्पन्न गरेको छ।

नेपाल ल्युब आयल लिमिटेडका आधिकारीक डिलर न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्ससँगको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा १६० भन्दा बढी नयाँ बिक्रेता र मेकानिक्सहरूले सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ थिए भने जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष  अम्भुप्रसाद साह र नेपाल ल्युब आयल लिमिटेडका सेल्स र मार्केटिङ विभागका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

बिगत ६ वर्षदेखि डिलरको रुपमा जनकपुर र जलेश्वर क्षेत्रमा बिक्री वितरण गर्दै आइरहेका न्यु पुष्पा इन्टरप्राइजेज र जयसवाल ट्रेडर्सले यस क्षेत्रमा गल्फ लुब्रिकेन्टको माग अत्यधिक रहेको र ग्राहकहरुको पहिलो रोजाइमा रहेको बताएका छन्।  

कार्यक्रममा नेपाल ल्यूब आयलका प्रादेशिक बजार व्यवस्थापक दिनेश कुमार यादवले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए।

उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको  बारेमा विस्तृतमा जानकारी गराएका थिए। त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए।

कार्यक्रममा गल्फ लुब्रिकेन्टका रिटेलर जानकी मोटर स्पेयर र सुजित एन्ड सुमित अटोलाई ‘बेस्ट सेल्स अवार्ड’ प्रदान गरिएको थियो। साथै आगामी दिनमा पनि सेल्सको आधारमा सो अवार्ड प्रधान गरिने कम्पनीले जनाएको छ।  

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ। नेपालमा गल्फ ब्राण्ड बिगत ३८ वर्षदेखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad