ad ad

कारोबार


वाल स्ट्रिट फर्किँदै ट्रम्प, एसईसीले ट्रुथ सोसललाई दियो ‘ग्रिनलाइट’

वाल स्ट्रिट फर्किँदै ट्रम्प, एसईसीले ट्रुथ सोसललाई दियो ‘ग्रिनलाइट’

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १८:५, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प वाल स्ट्रिट फर्किने देखिएको छ। 

अमेरिकी द सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनले ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसललाई सेयरबजारमा कारोबारका लागि अर्को कम्पनीसँग मर्जरको स्वीकृति दिएसँगै ट्रम्पको वाल स्ट्रिट फिर्ती देखिएको हो। 

प्रयास गरेको दुई वर्षपछि ट्रुथ सोसलले नियामकीय स्वीकृति पाएको हो। ट्रुथ सोसल ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपअन्तर्गत छ। उक्त ग्रुप र डिजिटल वर्ल्ड एक्विजिसन कर्पअन्तर्गतको ‘ब्ल्यांक चेक कम्पनी’बीच मर्जरको बाटो खुलेको हो। 

अब कम्पनीहरुका लगानीकर्ताले स्वीकृति दिए ट्रम्प मिडिया पब्लिक कम्पनी बन्नेछ। यसले ३० करोड डलर लगानी थप हुनेछ। ट्रुथ सोसलमा पूर्वराष्ट्रपति ट्रम्पको बहुमत सेयर स्वामित्व छ। कम्पनीमा ६९ प्रतिशतभन्दा बढी उनको सेयर रहेको सीएनएनले जनाएको छ। 

योसँगै ट्रम्पको व्यावसायिक संलग्नता पनि बढ्नेछ भने उनको आयस्रोत पनि बढ्नेछ। 

एसईसीले सन् २०२१ को अन्त्यतिर यस सम्झौताको अनुसन्धान गर्दै आएको थियो। ट्रुथ सोसल इलोन मस्कको ट्विटरजस्तै सामाजिक सञ्जाल हो। 

२०२३ को सेप्टेम्बर ३० मा अन्त्य भएको त्रैमासिकमा ट्रम्प मिडियाले ११ लाख डलर राजस्व प्राप्त गरेको नियामकमा पेस गरेको विवरणले देखाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको २ लाख ३ हजार अमेरिकी डलरको तुलनामा बढी हो। यसका बाबजुद कम्पनी घाटामै रहेको थियो। 

पब्लिक कम्पनी बनेसँगै यसले लाखौँ डलर लगानी थप्न सक्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .