साताको अन्तिम कारोबार दिन १६३ कम्पनीको सेयर मूल्य घटेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सात कम्पनीको अघिल्लो मूल्यमै र ७९ वटाको भने बढेर कारोबार भएको छ।
बिहीबार बजार परिसूचक नेप्से भने १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा कायम भएको छ।
०.६९ प्रतिशतले सूचक घटेको दिन बजारमा ३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँको कारोबार भएको हो।
दिनभरिमा १ करोड १४ लाख कित्ता सेयर खरिदबिक्रीमा उक्त रकमबराबरको कारोबार भएको हो।
योसँगै आज दुईवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल र समाज लघुवित्तका सेयरधनीले क्रमशः ८४६.५० र १३५.१० प्रतिसेयर आम्दानी गरेका हुन्। यसबाहेक अन्य लगानीकर्ताले आज खासै कमाउन सकेनन्।
गुमाउने लगानीकर्ताले आज ५.७० प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ। बजारमा आज सर्वाधिक कारोबार हिमालयन रि इन्स्योरेन्सको भएको छ। कम्पनीको २२ करोडको सेयर कारोबार भएको हो।
Shares
प्रतिक्रिया