ad ad

कारोबार


अपेक्षा गरेजस्तो आएन वैदेशिक सहयोग

अपेक्षा गरेजस्तो आएन वैदेशिक सहयोग

नेपालखबर
माघ २९, २०८० सोमबार २०:११, काठमाडौँ

सरकारले अपेक्षा गरे अनुसार वैदेशिक सहयोग पाउन नसकेको देखिएको छ। प्रतिवद्धता राम्रो आए पनि रकम भने अपेक्षा अनुसार नआएको देखिएको हो।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको अर्धवार्षिक मौद्रिक नीतिको समीक्षामा बहुपक्षीय तथा द्विपक्षीय निकायहरूसँग अपेक्षाअनुरुप सहयोग नआएको उल्लेख छ।

आर्थिक वर्ष २०८०।८१ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये वैदेशिक सहायताबाट २ खर्ब ६२ अर्ब ६९ करोड २१ लाख व्यहोरिने अनुमान रहेको गरेको थियो।

सोमध्ये अनुदानबाट ४९ अर्ब ९४ करोड ३० लाल (१९ प्रतिशत) र ऋणबाट २ खर्ब १२ अर्ब ७४ करोड ९१ लाख (८१ प्रतिशत) परिचालन गरिने अनुमान छ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ अर्ब ९७ करोड ८६ लाख बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको छ। सो मध्ये अनुदान सहायता २० अर्ब २७ करोड ८६ लाख अर्थात् ३३ दशमलव ८ प्रतिशत प्राप्त भएको छ।

त्यस्तै सहुलियतपूर्ण ऋण सहायता  ३९ अर्ब ७० करोड अर्थात् ६६ दशमलव २ प्रतिशत रहेको छ।

चालू आर्थिक वर्षको ६ महिना अवधी अर्थात समीक्षा अवधिमा प्राप्त प्रतिवद्धता मध्ये स्वास्थ्य क्षेत्रमा १६ अर्ब ६५ करोड ६८ लाख, शिक्षा क्षेत्रमा ८ अर्ब ६ करोड ४० लाख, यातायात क्षेत्रमा १५ अर्ब २ करोड ५० लाख, वातावरण क्षेत्रमा ३ अर्ब ४५ करोड २२ लाख, कृषि क्षेत्रका लागि २ अर्ब ६६ करोड र आर्थिक विकासका क्षेत्रमा ८२ करोड ५ लाख  रहेको प्रतिवद्धता आएको हो।

यो प्रतिवद्धता अनुसार अपेक्षा अनुसार रकम नभित्रिने भन्दै अर्थमन्त्रालयले वैदेशिक सहायताको लक्ष्य नै संशोधन गरिदिएको छ।  

मध्यावधी समीक्षा मार्फत वैदेशिक अनुदानबाट ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋणबाट १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ खर्च गर्ने गरि लक्ष्य संशोधन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .