अर्थ मन्त्रालयले भोलि सोमबार बजेटको मध्यावधि समीक्षाको तयारी गरेको छ। चालू आर्थिक वर्षको ६ महिनाको अवस्थामा आधारित रहेर समीक्षा गर्ने भएको हो।
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको आँकडालाई विश्लेषणसहित समीक्षा गर्ने तयारी छ।
चालू आर्थिक वर्षमा सरकारले लिएको राजस्व संकलन तथा खर्चको लक्ष्य समेत घटाउने तयारी अर्थ मन्त्रालयको छ।
लक्ष्यअनुसार राजस्व संकलन र खर्च हुने सम्भावना नरहेपछि सरकारले समीक्षामार्फत लक्ष्य संशोधन गर्दै छ।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँ खर्च गर्ने र १४ खर्ब २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन भएको छ। उक्त ऐनले नै माघ महिनाभित्र बजेटको मध्यावधि समीक्षा गर्नुपर्ने उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया