सेयरबजारमा साढे २ अर्बको मात्रै कारोबार भएको छ।
नेप्से ९.४४ अंकले बढे पनि कम रकमको कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार ७६ लाख कित्ता सेयर २ अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएको हो।
योसँगै १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ वटाको घटेको छ। ९ वटाको मूल्य भने यथावत् छ।
आज समाज लघुवित्त र गुराँस लघुवित्तको ९ प्रतिशत बढीले सेयरमूल्य बढेको छ। आज सामलिङ पावरका लगानीकर्ताले भने १० प्रतिशत गुमाएका छन्।
सर्वाधिक कारोबार भने आज पनि हिमालयन रि इन्स्योरेन्सकै छ। कम्पनीको ३३ करोडको सेयर कारोबार भएको हो।
18
Shares
प्रतिक्रिया