ad ad

कारोबार


कति छन् नेपाल टेलिकमका ग्राहक?

कति छन् नेपाल टेलिकमका ग्राहक?

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार १७:४८, काठमाडौँ

नेपाल टेलिकमको भ्वाइस सेवाका ग्राहक गत मंसिर मसान्तसम्म २ करोड १८ लाख ४४ हजार ५ सय बढी पुगेका छन्।

त्यस्तै इन्टरनेट डेटा सेवाका ग्राहक सोही अवधिमा २ करोड १५ लाख ४४ हजार ३ सय बढी पुगेको टेलिकमले जनाएको छ। 

भ्वाइस सेवातर्फ
कम्पनीको ग्राहक आधार २०८० मंसिर महिनाको अन्त्य सम्ममा २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढी रहेको छ । सो मध्ये जीएसएम मोबाइलका ग्राहक २ करोड १२ लाख ४२ हजार र पीएसटीएन सेवाका ग्राहक २ लाख ६६ हजार रहेका छन् ।

त्यसैगरी एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ३६ हजार रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता १ करोड ३९ लाख ६७ हजार छन् । 

इन्टरनेट डाटा सेवातर्फ 

कम्पनीको डाटा (इमेल, इन्टरनेट आदि) सेवाका प्रयोगकर्ता २०८० मंसिर महिनाको अन्त्यसम्ममा कुल २ करोड १५ लाख ४४ हजार ३ सय भन्दा बढी पुगेका छन् ।

सो मध्ये जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता २ करोड १२ लाख ४१ हजार ८ सय, एडीएसएल सेवाका प्रयोगकर्ता २८ हजार ७ सय र एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता २ लाख ७३ हजार ७५३ रहेका छन् ।

यस अवधिसम्म आईपीटीभी प्रयोगकर्ता ३५ हजार १६४ छन् । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .