कारोबार


बैंकक हस्पिटलले काठमाडौंमा गर्‍यो चिकित्सा शिक्षा र चिकित्सा पर्यटन कार्यक्रम

बैंकक हस्पिटलले काठमाडौंमा गर्‍यो चिकित्सा शिक्षा र चिकित्सा पर्यटन कार्यक्रम

नेपालखबर
माघ २१, २०८० आइतबार १३:५५, काठमाडौँ

बैंकक हस्पिटलले काठमाडौंमा चिकित्सा शिक्षा र चिकित्सा पर्यटन कार्यक्रम सम्पन्न गरेको छ। 

शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै हस्पिटलले चिकित्सा शिक्षा र चिकित्सा पर्यटन सम्पन्न गरेको हो। 

उक्त कार्यक्रममा बैंकक हस्पिटलका वरिष्ठ चिकित्सक र नेपाली मेडिकल क्षेत्रका विशिष्ठ व्याक्तिको उपस्थिति थियो। 

बैंकक हस्पिटलका कार्डियोलोजी डा. योसावे उकायागोर्न र सर्जिकल ओन्कोलोजी डा. किटिसाक थेप्सुवानले नयाँ टेक्नोलोजी र विभिन्न रोगको सफल उपचारको बारेमा जानकारी गराए। 

साथै, उनीहरुले विभिन्न रोगको सफल उपचार गर्नको पर्यटन माध्यम बन्ने बताए। 

बैंकक घुम्न जाने मानिसहरुलाई कुनै पनि रोगको उपचारको लागि हस्पिटलले विभिन्न सेवा प्रदान गर्ने जनाइएको छ। 

हस्पिटलले नौलो चिकित्सा अभ्यास र नवीनतम विकासको पर्यटन टेवा पुर्याउने उनीहरुको भनाई छ। 

बैंकक हस्पिटललमा मुटु, क्यानसर लगायतका विभिन्न रोगको सफल नवीनतम टेक्नोलोजीका साथ उपचार गरिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad