काठमाडौंको थापाथलीस्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिकले अंग्रेजी महिना फेब्रुरी भरी रहने गरी‘भ्यालेनटाइन स्पेशल होलबडी चेकअप’ अफर ल्याएको छ।
‘वि केयर हेल्थ चेकअप अफर’ नामक हेल्थ प्याकेज अन्तर्गत एकजनाको पैसा तिरे आफ्ना नजिकका थप एक जनाको होलबडी चेकअप हुनेछ।
साथै पहिलो १५ जनालाई रु १००० रुपैयाँ अतिरिक्त छुट हुने जानकारी पनि क्लिनिकले दिएको छ।
७ हजार ५०० रुपैयाँ पर्ने उक्त हेल्थ प्याकेजमा कलेजो, मुटु, थाइराइड, किड्नी, कोलेस्ट्रोल, यूरिन तथा स्टुल रुटीन जाँचको साथै छातीको एक्स–रे, इसीजी, पेटको भिडिओ एक्स–रे र चिकित्सकसँग परामर्शसमेत रहेको जानकारी क्लिनिकका म्यानेजर जितेन्द्र कारंजितले दिएका छन्।
यो अफर फेब्रुअरी महिनाभरी रहने क्लिनिकले जनाएको छ।
222
Shares

प्रतिक्रिया